काठमाडौँ, १६ वैशाख । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिकाका चार वडाको मतगणना सकिँदा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाउनुभएको छ ।
फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ को मत गणना सकिँदा नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पार्नुभएको हो । यसअघि आइतबार दिउँसोदेखि खड्काले अग्रता लिनुभएको थियो ।
जारी मतगणनाको ताजा अवस्थामा सुहाङले २ हजार ५४२ मत ल्याउनुभएको छ । उता कांग्रेसका डम्बरले २ हजार १९७ मत ल्याउनुभएको छ । यहाँ अब सुहाङलाई ३४५ मतको अग्रता छ ।
त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३७९ मत प्राप्त गर्नुभएको छ ।