शेखर कोइरालाको प्रश्न– डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ?

25

काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले डढेलोले गर्ने क्षति बर्सेनी बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताउनुभएको छ ।

डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताउनुभयो ।

‘यसवर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो । अर्बौंको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ,’ उहाँले भन्नुभएको छ, ‘बर्सेनी डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’

Share This:
सम्बन्धित खबर
Loading...