वेश्यावृत्ति गराएको आरोपमा २ जना पक्राउ

29

राजविराज, १० मंसिर । सप्तरीको राजविराजमा महिलालाई जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक वडा नम्बर ६ बस्ने ५७ वर्षीय अरूणचन्द्र मिश्र र प्रबन्धक महादेव गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल हुन् ।

पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...