रसुवा, २२ असोज । आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कल बहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।
नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।