काठमाडौँ, १९ असोज । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएराति दुईपटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.३ तथा गएराति १२ः२३ बजे चैनपुरनै केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत मंलगबार अपरान्ह २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केल, ३स्४५ बजे सुरमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै, सयौँ घरमा क्षति पुगेको थियो ।