अस्पतालबाटै नवजात शिशु बिक्री घटना : चिकित्सकसहित ६ जना पक्राउ

33

काठमाडौँ, ६ भदौ । विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु ५ लाख रूपैयाँमा किनबेच भएको खुलेको छ ।

अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदक र्ताले बच्चाका लागि ५ लाख र उपचारका लागि थप २ लाख रूपैयाँ दिएको खुलेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअुनसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा.कर्णले शिशुको मूल्य ५ ला लिएको र उपचारका लागि थप २ लाख रकम लिएको बयान दिएकी छन् ।

प्रहरीले मंगलबार दिलमायाको गरबाट शिशुको उद्धार गरेको छ । अविवाहित जोडीबाट जन्मिएको उक्त शिशु बेपत्ता पारिएको भन्दै शिशुकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

अनुसन्धान गर्दै जाँदा मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बिक्री गरेको पत्ता लागेको हो । उक्त शिशुलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले उपचारका लागि २ लाख रकम दिएको राजवंशीले बयानमा बताएकी छन् ।

६ जना पक्राउ
मोरङ प्रहरीले यो प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिशु बिक्रीमा संलग्न चिकत्सक डा.कर्ण, खरिद गर्ने दिलमाया, अस्पतालमा कार्यरत सुधा राजवंशी, दिलमायाका पति सूर्यनारायण राजवंशी, भोजपुर हतुवागढी गाउँपालिका–४ का गोविन्द राई र सिरहाको कल्याणपुर नगरपालिका–१२ की निर्मला यादव रहेका छन् ।

असार १४ गते जन्मिएकी नवजात शिशुलाई बेपत्ता पार्ने उनीहरूलाई अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...