हराइरहेका ६ मध्ये दुई बागमती नदीमा मृत फेला

106

बागमती, २४ साउन । मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुई जनाको शव आज फेला परेको छ ।

बागमती–५ सिग्रेदोभानमा मंगलबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीइा छोली शिला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका अझै ३ जना बेपत्ता रहेका छन् । अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीया नाति मिलन पहरी, डेढ वर्षीया नातिनी दिब्या पहरी अझै फेला पर्न नसकेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ ।

पहिरोमा परी मंगलबार एक जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएकामा १६ वर्षीय पासाङ घिसिङलाई १५ घन्टापछि जीवितै उद्धार गरी हेटौँडा अस्पतालमा ल्याइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...