कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध

45

चितवन, २३ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरूद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरूद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए ।

पहिरोका कारण सडक अवरूद्ध भएसँगै सो सडक भएर गुड्ने सवारी साधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...