बोक्सीको आरोप लगाउने दुई जना पक्राउ

29

दाङ, ४ असार । दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरूङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाँक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरू बोक्सी लागेर मेरो छोरा खान लाउन भनेको भन्दै उजुरी परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई बोक्सीको आरोप कसुर सजाय ऐन २०७२ को दफा ३ को (च)अन्तर्गत धामी झाँक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा आइतबार देउखुरी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता गौतमले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...