खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

28

खोटाङ, ३२ जेठ । आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका–७ दोर्पा डेरा गरी बस्ने २८ वर्षीया सरिता तामाङको हत्या गरेको अभियोगमा  ३२ वर्षीय बालजित राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा बालजितले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बालजित फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गरी आरोपितविरूद्ध कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...