स्रोत नखुलेको १५ लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ

41

बारा, ३१ जेठ । बारा प्रहरीले स्रोत नखुलेको १५ लाख रूपैयाँसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१ खेखरिया नाकाबाट मंगलबार श्रोत नखुलेको रकमसहित भारत पूर्व चम्पारणका रामनिवासप्रसाद यादवलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट भारतीय नम्बर बिआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई बिओपी बरैनियाले नियन्त्रणमा लिएको हो ।

प्रहरीले यादवलाई बरामद रूपैयाँ र मोटरसाइकलसहित थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...