काठमाडौँ, २१ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयानमा सानु भण्डारी र केशव दुलालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् ।
उनले सानु भण्डारी र केशव दुलालसँगै नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई पोलेका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौँ ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्याएको उनको बयान छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै प्रचण्ड निवासमा आफू, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलाल पुगेको बताएका छन् ।
भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भनेका छन्, “प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला । सम्बोधन हुनसक्ने नभए समाधान गर्नु भन्नुभयो ।”
यो भेटपछि सानु भण्डारी र केशव दुलालमाथि शंका लागेको भए पनि उनीहरूले भनेजस्तो आफ्नो रोकिएको सुविधा पनि सुचारू भएको र भुटानी शरणार्थीबारे निर्णयहरू हुन थालेको रिजालको बयान छ ।
त्यसपछि आफूहरू उनीहरूले भनेजस्ता (नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) काम हुने रहेछ भन्ने लागेको भन्दै रिजालले भनेका छन्, “मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।”
सम्बधित समाचार
- रामशरण केसीको बयान– घर बन्धकी राखेर साढे २ करोड प्रतीक थापालाई दिएँ
- सचिव पाण्डेले कार्यदलको प्रतिवेदन नै ‘कीर्ते’ गरेको निष्कर्ष
- ‘इन्द्रजित राईले रकम असुल्दै जग्गा किन्थे’
- यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता [सूचीसहित]
- कांग्रेसका पूर्वसांसद शेर्पाको बयान : केशव र सानुलाई हिरासतमा भेटेर पीडितहरूको रकम फिर्ता गर्दिनु भनेँ
- सरकारी वकिलको दाबी : टोपबहादुर पनि प्रमुख योजनाकार
- सचिव पाण्डे र बिचौलिया दुलालबीच ह्वाट्सएप संवाद : प्रहरीका सरूवा–बढुवादेखि सुन तस्करीसम्म
- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी बुझायो अनुसन्धान प्रतिवेदन
- नक्कली शरणार्थी प्रकरण : अभियोगपत्र दायर भइसकेपछि ‘थप संलग्न’माथि मुद्दा लाग्छ कि लाग्दैन ?
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको बयान आज पनि
- नक्कली शरणार्थी प्रकरण : रायमाझीको बयान सकियो
- नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट
- नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणले पनि गरेका थिए मोबाइल फर्म्याट
- मञ्जु मोबाइल बन्द गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्
- भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?
- नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी