कांग्रेसका पूर्वसांसद शेर्पाको बयान : केशव र सानुलाई हिरासतमा भेटेर पीडितहरूको रकम फिर्ता गर्दिनु भनेँ

45

काठमाडौँ, ११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पक्राउ परेको नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीको हिरासतमा पुगेर अन्य अभियुक्तलाई भेटेको बयान दिएका छन् । गते वैशाख २९ गते पक्राउ पुर्जी जारी भएपछि जेठ २ गते आत्मसमर्पण गरेका उनले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका कांग्रेस कार्यकर्ता केशव दुलाल र यो प्रकरणका अर्का योजनाकार सानु भण्डारीलाई भेटेको बताएका हुन् ।

आङटावाले दुलाललाई कांग्रेस नेतृ सुजाता कोइरालाको स्वकीय सचिव भएकै बेला आफूले भेटेको र चिनेको पनि उल्लेख गरेका छन् ।

“प्रतिवादीहरूमध्ये केशवप्रसाद दुलालाई उनी सुजाता कोइरालाको निजी सचिव हुँदा चिनेको, सानु भण्डारी जग्गाको र हाइड्रोपावरको काम गर्ने भएकाले उनलाई १६–१७ महिनाअघि चितेको हो । नरेन्द्र केसीलाई बालकृष्ण खाणको पिए भएकोले र बालकृष्ण खाण नेपाली कांग्रेसको नेता भएकाले चिनेको छु,” उनले भनेका छन्, “निजहरूबाहेक टोपबहादुर रायमाझीको नाम सुनेको हो, अन्य प्रतिवादीसँग मेरो चिनजान छैन । जाहेरवालासमेका नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीहरू बनाई अमेरिका लैजाने भनी ठगी गरेको कसुरमा सानु भण्डारी र केशवप्रसाद दुलाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेपछि मैले प्रस्तुत ठगी एवम् संगठित अपराधबारे थाहा पाएको हो ।

उनले गत चैत दोस्रो साता पक्राउ परेर जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा रहेका सानु भण्डारी र केशवप्रसाद दुलाललाई आफूले भेटेको पनि स्वीकारेका छन् ।

“निजहरू पक्राउ परी जिल्ला प्रहरी परिसर टेकुको प्रहरी हिरासतमा राखिएको बेला भेटेको हो, के कुन मितिमा भेटेको भन्ने मलाई याद छैन,” उनले भनेका छन्, “ठगी गर्ने कार्यमा परिपञ्च मिलाउने, रकम लिने र खाने तथा ठगी गरेको रकम राख्नेसमेतका कार्यमा मेरो संलग्नता छैन । मैले सानु भण्डारी र केशवप्रसाद दुलाललाई प्रहरी हिरासतमा भेटेको हो । निजहरूलाई भेटेर मैले पीडितहरूको रकम फिर्ता गरिदेऊ, तत्काल रकम फिर्ता गर्न नसकेपछि फिर्ता गर्ने गरी कागज गरेर पनि मिलाउन सकिन्छ, हिरासतमा बसेर मुद्दा मामिला गरेर फाइदा हुँदैन भनेर सम्झाएको हुँ ।”

तर, उनले बालकृष्णका पिए नरेन्द्र केसीबाट एक करोड रूपैयाँ भने नलिएको बताएका छन् ।

“मैले राजु भण्डारीलाई तीस लाख रकम दिएको पनि छैन । राजु भण्डारीलाई मैले चिनेको पनि छैन, भेटेको पनि छैन । मैले चिन्दै नचिनेको र भेट्दै नभेटेको मानिससँग कारोबार र व्यवसायिक साझेदारी हुने कुरै भएन । सानु भण्डारीले १ वर्षअछि मेरो गर्ज्याङ हाइड्रोपावर कम्पनी रामेछाप र खिम्ती दोस्रोमा लगानी गर्ने कुरा गरेका थिए । तर, कुनै लगानी पनि गरेनन्,” उनले भनेका छन्, “राजु भण्डारीले मबाट तीस लाख रकम पाएको भन्ने भर्पाइबारे मलाई थाहा छैन । म जेठ १ गते जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएपछि मैले अनुसन्धान अधिकृतसमक्ष गरेको कुराकानीको भिडिओ रेकर्ड देखेँ, सो कुरा मैले बेहोसी र करकापमा गरेको हुँ ।”

उनले आफ्नो पुरक बयानमा अमेरिका पठाउने भनेर नभइ नातेदार पर्नेहरूसँग सरसापटको रकम मागे बताएका छन् । तीमध्ये कतिपय रकम फिर्ता दिएको पनि उनले बताएका छन् ।

सम्बधित समाचार

Share This:
सम्बन्धित खबर
Loading...