काठमाडौँ, ११ जेठ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी बनाउने प्रकरणबाट पैसा उठाउँदै जग्गामा लगानी गर्ने गरेको पाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रअनुसार उनले करिब साढे ४ करोड रूपैयाँ लिएको उल्लेख छ ।
पटक–पटक लिएको उक्त रकम बैंकमा जम्मा गर्ने र जग्गामा लगानी गर्ने गरेको उल्लेख छ ।
अनुसन्धान अधिकारीसँगको बयानमा राईले बताएअनुसार विशिष्ट श्रेणीको सेवा सुविधा भोग गर्ने गरी उनले गृहमा तीन वर्ष ६ महिना बताए । २०७५ असारदेखि गृह मन्त्रालयमा सुरक्षा सल्लाहकार बनेका राई गृहमन्त्री थापाको कार्यकाल रहुन्जेल २०७८ असार २८ गतेसम्म बहाल थिए ।
यो पदमा हट्नुभन्दा तीन महिनाअघि र तीन महिनापछिका उनका बैंकिङ कारोबारमा भने आश्चर्यजनक फरक देखिन्छ । २०७८ वैशाख २१ देखि २०७८ असोज १७ को अवधिमा उनको बैंक खातामा ४ करोड ९२ लाख ३८ हजार रूपैयाँ जम्मा भएको अभियोग पत्रमा खुलाइएको छ ।
राई परिवारको अचल सम्पत्ति पनि यही अवधिमा ह्वात्तै बढेको अनुसन्धानमा देखिएको छ । उनी गृह मन्त्रालयमा नियुक्ति भएको एक वर्षपछिका लगातार तीन वर्ष यो परिवारले काठमाडौँ उपत्यकामा जग्गा जोडेको छ । २०७६ असोजमा ७७ लाख रूपैयाँमा ८ आना, २०७७ असारमा ४ आना र २०८८ वैशाखमा अर्को ४ आना जग्गा यो परिवारले जोडेको छ । यी सबै जग्गा राईकी पत्नी भुवनदेवीको नाममा रहेको अभियोगपत्रमा उल्लेख छ ।
२०७७ सालमा किनेको जग्गाको मोल अभियोगपत्रमा उल्लेख छैन । २०७८ सालमा किनेको जग्गाको मूल्य एक करोड ८३ लाख रूपैयाँ छ । यसरी यो परिवारले तीन वर्षको अवधिमै करिब तीन करोड रूपैयाँ बराबरको जग्गा मात्रै जोडेको छ ।
राईका छोरा निरजलाई पनि यो प्रकरणमा विपक्षी बनाइएको छ । उनी अहिले फरार सूचीमा छन् ।
गृहमन्त्रीका सल्लाहकार राई निर्णयकर्ता एवम् प्रमुख योजनाकारको भूमिकामा देखिएको अभियोगपत्रमा उल्लेख छ । पक्राउ परेका अर्का अभियुक्त एवम् पूर्वउपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझी, गिरोहका सदस्य केशव दुलाल, सानु भण्डारीले राईमार्फत् नीतिगत निर्णय गराउने गरेको पाइएको छ । २०७६ जेठमा गठन भएको बालकृष्ण पन्थी कार्यदल बनाउने निर्णय गराउँदा राई मुख्य खेलाडीमध्ये रहेको प्रहरीको निष्कर्ष छ ।
राईलाई ठगी, संगठित अपराध, राज्यविरूद्धको कसुर र सरकारी लिखत कीर्तेमा सजाय हुनुपर्ने माग गरिएको छ ।
सम्बधित समाचार
- यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता [सूचीसहित]
- कांग्रेसका पूर्वसांसद शेर्पाको बयान : केशव र सानुलाई हिरासतमा भेटेर पीडितहरूको रकम फिर्ता गर्दिनु भनेँ
- सरकारी वकिलको दाबी : टोपबहादुर पनि प्रमुख योजनाकार
- सचिव पाण्डे र बिचौलिया दुलालबीच ह्वाट्सएप संवाद : प्रहरीका सरूवा–बढुवादेखि सुन तस्करीसम्म
- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी बुझायो अनुसन्धान प्रतिवेदन
- नक्कली शरणार्थी प्रकरण : टोपबहादुर–खाणसहित १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- नक्कली शरणार्थी प्रकरण : अभियोगपत्र दायर भइसकेपछि ‘थप संलग्न’माथि मुद्दा लाग्छ कि लाग्दैन ?
- टोपबहादुर–खाणसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको बयान आज पनि
- नक्कली शरणार्थी प्रकरण : रायमाझीको बयान सकियो
- पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
- नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट
- नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणले पनि गरेका थिए मोबाइल फर्म्याट
- मञ्जु मोबाइल बन्द गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्
- भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?
- नक्कली शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १२ पुग्यो
- पूर्वगृहमन्त्री खाण पक्राउ
- आरजु र मञ्जुलाई पैसा बुझाएको भन्ने अडियो क्लिप प्रहरीमा, आरजु भन्छिन्– म डराउन्न
- सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
- नक्कली शरणार्थी प्रकरण, प्रहरी भन्छ– टोपबहादुर रायमाझी सम्पर्कमा छैनन्
- नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
- नक्कली शरणार्थी प्रकरण : प्रहरीले आइतबार अनुसन्धान टुंग्याउने