काठमाडौँ, २० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित रामशरण केसीले सम्पत्ति बन्धकी राखेर प्रतीक थापालाई रकम दिएको स्वीकारेका छन् ।
जिल्ला अदालत काठमाडौँमा बयानका क्रममा उनले आफूले जुटाएको डेढ करोड र प्रेमराज पन्थी (जाहेरीकर्ता)बाट लिएको एक करोडसमेत गरी साढे २ करोड रूपैयाँ तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई बुझाएको बताएका हुन् ।
केसीले बयानमा भनेका छन्, “केशव दुलालले मलाई नक्सालस्थित निलगिरी रेस्टुरेन्टमा पैसा लिएर आउनु भन्नुभयो । प्रतीक थापालाई नदेखाई पैसा दिँदैनौँ भनेपछि दुलालले फोन गरेर बोलाए । प्रतीक थापाले दुलाललाई दिए हुन्छ भनेपछि नगदै दिएका हौँ । दुलाले कारको डिक्कली खोलेर राख्न लगाउनुभयो । त्यसपछि लकडाउन भयो ।”
केसीले भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बोलाएर आफूलाई केशवप्रसाद दुलालसँग चिनाइदिएको बताएका छन् । शरणार्थीको काम छ, भरपर्दो मान्छे केशवप्रसाद दुलाल हो भनेर रिजालले विश्वास दिलाएको भन्दै केसीले बयानमा आफूलाई टेकनाथ रिजालले मान्छे खोज्न भनेको समेत बताएका छन् ।
त्यसपछि भुटानी मानव अधिकार संगठनको परिचयपत्र बाँड्ने काम भएको उनी बताउँछन् । आफ्नो र चिनजानका ३४ जनालाई परिचयपत्र दिइएको र त्यसक्रममा प्रतिव्यक्ति २ देखि ३ लाखको दरले करिब ९० लाख रूपैयाँ उठाएको केसीले बताएका छन् ।
२०७६ को मंसिरसम्ममा परिचयपत्रको आधारमा भुटानी शरणार्थीको सूचीमा छुट दर्ताको फारम भर्ने काम भएको र त्यसपछि हरेकसँग १० लाख रूपैयाँका दरले रकम उठाइएको उनी बताउँछन् ।
त्यसपछिको कुनै एक दिन आफूलाई केशवप्रसाद दुलालले साँखु जाने बाटोमा रहेको रेस्टुरेन्टमा बोलाएको र दुलालको साथमा प्रतीक थापासमेत रहेको केसीले बताएका छन् । त्यहाँ पुगेपछि केशव दुलाल र प्रतीक थापाले ‘अब काम निस्कियो, पैसा चाहियो’ भनेर रकम मागे । त्यसपछि मेरो घर दृष्टि बन्धक राखेर डेढ करोड २०७७ असोजमा नगदै बुझिलिएको हुँ । त्यसको राजश्व तिरेको रसिद मसँग छ । पोखराबाट प्रेमराज पन्थीले एक करोड रकम ल्याएपछि हामीले नक्सालमा केशव दुलाललाई नगदै दिएका हौँ ।
केसीले अदालतमा गरेको बयानअनुसार, काम नबनेपछि र ब्याजले थेग्न नसकेपछि प्रेमराज पन्थीले २ मंसिर २०७८ मा अख्तियारमा उजुरी दिएका हुन् । भोलिपल्ट रामशरण केसीले केशवप्रसाद दुलाललगायतको नाम मुछेर उजुरी दिए । अख्तियार प्रमुख प्रेमकुमार राईले उनीहरूलाई बोलाए ।
अख्तियार प्रमुखसँग गरेको गुनासोबारे उनीहरूले बयानमा भनेका छन्, “हामी पीडित छौँ, हजुर गृह सचिव भएदेखिको पालामा निस्किएको काम अहिलेसम्म भएन, हामीले दिएको पैसा काम नहुने भए फिर्ता दिलाइदिनुपर्यो ।”
जबाफमा अख्तियार प्रमुख राईले ‘म कुरा गरिदिन्छु’ भनेर सान्त्वना दिएको केसीले बयानमा उल्लेख गरेका छन् ।
सम्बधित समाचार
- सचिव पाण्डेले कार्यदलको प्रतिवेदन नै ‘कीर्ते’ गरेको निष्कर्ष
- ‘इन्द्रजित राईले रकम असुल्दै जग्गा किन्थे’
- यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता [सूचीसहित]
- कांग्रेसका पूर्वसांसद शेर्पाको बयान : केशव र सानुलाई हिरासतमा भेटेर पीडितहरूको रकम फिर्ता गर्दिनु भनेँ
- सरकारी वकिलको दाबी : टोपबहादुर पनि प्रमुख योजनाकार
- सचिव पाण्डे र बिचौलिया दुलालबीच ह्वाट्सएप संवाद : प्रहरीका सरूवा–बढुवादेखि सुन तस्करीसम्म
- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी बुझायो अनुसन्धान प्रतिवेदन
- नक्कली शरणार्थी प्रकरण : अभियोगपत्र दायर भइसकेपछि ‘थप संलग्न’माथि मुद्दा लाग्छ कि लाग्दैन ?
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको बयान आज पनि
- नक्कली शरणार्थी प्रकरण : रायमाझीको बयान सकियो
- नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट
- नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणले पनि गरेका थिए मोबाइल फर्म्याट
- मञ्जु मोबाइल बन्द गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्
- भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?
- आरजु र मञ्जुलाई पैसा बुझाएको भन्ने अडियो क्लिप प्रहरीमा, आरजु भन्छिन्– म डराउन्न
- नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी