जन्ती बोकेको बस दुर्घटना, ३० जना घाइते

108

सिन्धुपाल्चोक, २८ वैशाख । जन्ती लिएर हिँडेको गाडी दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । सिन्धुपाल्चोकको जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावतीतर्फ हिँडेको हेलम्बु यातायातको बा२ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३० जना घाइते भएका छन् । जलबिरे खमारेबाट इन्द्रवती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगाचोकगढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार हुँदै छ भने घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको एसपी बालनरसिंह राणाले जानकारी दिए ।

घटनमा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...