चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

55

चितवन, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताए । प्रतिनिधिसभाको निर्वाचन भएको ४ महिनापछि निर्वाचन हुनु दुःखद् भएको बताए । आफू निर्वाचनका लागि उत्साहित भएको उनको भनाइ थियो ।

नागरिकता प्रकरणमा आफू उम्मेदवार हुन नपाउने भन्ने तर्क गलत भएको भन्दै उनले भने, “मैले अमेरिकाको नागरिकता सन् २०१८ मै त्यागेको हो । संविधानमा त्यसरी त्यागेको मितिले ३ महिना भनेकाले त्यसले मलाई असर गर्दैन ।”

लामिछाने यसअघि गत मंसिरमा सम्पन्न निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले उनको सांसद पद गुमेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...