गाँजासहित २ जना पक्राउ

32

सुनसरी, ८ चैत । प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–२० स्थितमा चेक जाँचको क्रममा प्रदेश १–०२–०५१ प २३०५ नम्बरको मोटरसाइकलमा सवार रहेका सागुरीगढी गाउँपालिका–९ धनकुटाका २५ वर्षीय जितेन राईले बोकेको झोलाबाट ३१ किलो ग्राम गाँजा बरामद गरेको हो ।

यसैगरी धरान–११ की ४७ वर्षीया विष्णु माया राईको घर कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको ३१ किलो ग्राम गाँजा फेला परेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध गाँजासहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...