मोरङका यी स्थानमा आजदेखि निषेधित क्षेत्र घोषित

27

मोरङ, ५ चैत । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र तोकिएको हो ।

कोसी प्रदेश नामाकरणपछि असहमत विभिन्न समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भन्दै निषेधित क्षेत्र तोकिएको छ ।

पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय–रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्मको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

उक्त स्थानमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न पाइने छैन । निषेधित क्षेत्र उल्लंघन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...