रुखमा झुन्डिएको अवस्थामा वृद्धा दम्पतीको शव फेला

57

ओखलढुंगा, २२ फागुन । ओखलढुंगामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...