सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

120

धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार प्रदेश सभा बैठकमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।

 मुख्यमन्त्र शाहले विश्वासको मत पाउँ भन्दै प्रस्तुत गरेपछि विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका हुन् ।

 प्रस्तावको विपक्षमा ११ मत मात्रै परेको छ । सो मतदान प्रक्रियामा ५२ जना उपस्थित भएको संसद सचिवालयले जनाएको छ ।

विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ३० दिनमा नै ढलेपछि  गत माघ २६ गते प्रदेशसभाको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए ।

नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिले पनि समर्थन जनाएपछि शाहले सजिलै विश्वासको मत पाएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...