ओखलढुंगा जिप दुर्घटना : मृतक दुईको सनाखत [अपडेट]

65

ओखलढुंगा, २१ फागुन । ओखलढुंगा चिशङ्खुगढी गाउँपालिका–३ दियालेमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी चिशङ्खुगढी गाउँपालिका–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मिनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर ४ जनालाई हेलिकोप्टरमार्फत् थप उपचारका लागि काठमाडौँ पठाइसकिएको वडाध्यक्ष भीष्म श्रेष्ठले बताए ।

५ जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बोलेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Share This:
सम्बन्धित खबर
Loading...