कारको ठक्करबाट २ जनाको मृत्यु

22

झापा, १७ फागुन । झापाको कन्काई नगरपालिका–८ लक्ष्मिपुर चौकमा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहि स्थान बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेका छन् ।

मंगलबार बेलुका राति १२ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो क्रस गर्दै गरेको अवस्थामा ठक्कर दिँदा उनिहीरुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...