काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)ले राष्ट्रपति पदका लागि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेम्वाङ गत मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदै छ ।