विश्वप्रकाश शर्माले भने– ‘पिंजडा अन्ततः भत्कने भयो’

63

काठमाडौँ, १२ फागुन । सात राजनीतिक दलबीच राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएसँगै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘पिंजडा भत्केको’ टिप्पणी गरेका छन् ।

भावी राष्ट्रपतिको विषयलाई लिएर राजनीतिक दलहरुबीच रस्साकस्सी चलिरहेको बेला साँझ ७ दलको बसेको बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै शर्माको सो टिप्पणी आएको हो ।

‘पिंजडा अन्ततः भत्किने भयो, रास्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय,’ उनले छोटो टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री निवासमा बसेको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने निर्णयलगत्तै शर्माको यो टिप्पणी बाहिर आएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...