राष्ट्रपतिको निर्वाचनमा विदेशीले भैलाे खेलेका छन् : भीम रावल

57

सुर्खेत, १२ फागुन । नेकपा (एमाले)का नेता डा.भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेत्र बढिरहेको बताएका छन् । केही दिनदेखि अमुक विदेशी राजदूत नेताहरूको घरघरमा गएर भैलो खेलिरहेको टिप्पणी उनले गरे ।

शुक्रबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान राजनीति नेपाली जनताको हितमा नभएको बताए । “देशको राष्ट्रपति जस्तो पदमा विदेशी हस्तक्षेप त छँदै थियो, राष्ट्रपति को बन्ने भन्ने कुरामा पनि विदेशीहरूले नाम लिएको कुरा देखियो,” रावलले भने, “यो निर्लज्ज निन्दनीय छ, तर पनि राजनीतिक दलहरू यसैमा रमाइरहेका छन् ।”

रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र नेपालका लागि कुनै मतलब नराखेर विदेशीको इसारामा चलिरहेको आरोप समेत लगाए । उनी भन्छन्, “राष्ट्रपतिको विषयमा जे–जस्ता गतिविधिहरू भइरहेका छन् त्यो विषयमा नेपालप्रति चासो र रूचि राख्ने कैयौँ मान्छेहरू चकित हुन्छन् होला । एउटा राष्ट्रपतिको निर्वाचनका लागि लगातार प्रधानमन्त्रीदेखि दलका नेताहरूले निरन्तर बैठक मात्र गरिरहेका छन्, देशको अर्थतन्त्रबारे कुुनै मतलब छैन ।”

नेपालको राजनीति केवल पदका लागि मात्रै केन्द्रित रहेको रावलको तर्क छ ।

Share This:
सम्बन्धित खबर
Loading...