राष्ट्रपतिबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आज निर्णायक वार्ता हुने

72

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् ।

बिहीबार जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूसँग सिंहदरबारमा छलफल गरेर निस्कने क्रममा उनले ओलीसँग छलफल गर्ने बताएका हुन् । “भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्छु,” उनले भने ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच वार्ताको समय भने निश्चित भएको छैन ।

राष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड र अध्यक्ष ओली निरन्तर छलफलमा जुटेका छन् । निरन्तर छलफलमा जुटेपनि दुई नेताबीच सहमति भने जुट्न सकेको छैन ।

अध्यक्ष ओलीले पुस १० गतेको सहमतिअनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने माग राखेका छन् । यता प्रचण्ड भने पुस १० को सहमतिबाट पछि हटिसकेका छन् । उनले एमालेलाई राष्ट्रपति निर्वाचनमा समर्थन नगर्न राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...