स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गर्न आदेश

26

काठमाडौँ, १० फागुन । ‘स्पट फिक्सिङ’को आरोपमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बसहपछि न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पूर्वखेलाडी महबुब आलम, मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको हो । जनही ३ लाख रूपैयाँ धरौटी उनीहरूसँग माग गरिएको छ ।

गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरमा भएको नेपाल टी–२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरू गरेको थियो ।

अनुसन्धानको क्रममा सिआइबीले ७ विदेशी र ५ नेपाली गरी १२ जनालाई प्रतिवादी बनाएर काठमाडौँ सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । कार्यालयले फागुन ५ गते ५ जनाविरूद्ध मात्रै मुद्दा दर्ता गरेको थियो । प्रतिवादी पाँच जनामध्ये नवीन कँडेल र रवि माझी फरार छन् ।

प्रहरीले घटनामा मुख्य योजनाकार लिगको मुख्या आयोजक सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिललाई दिएको थियो । तर, उनीविरूद्ध भने अदालतमा मुद्दा दर्ता भएको छैन ।

पुस १९ गतेदेखि २९ गतेसम्म भएको लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए ।

यो पनि हेर्नुस्

नेपाली टी–२० लिग ‘स्पट फिक्सिङ’ : सिआइबीले १२ जनालाई बनायो प्रतिवादी

‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

नेपाल टी–२० लिगको ‘स्पट फिक्सिङ’मा १० जनाको संलग्नता

म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

Share This:
सम्बन्धित खबर
Loading...