‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

23

काठमाडौँ, २४ माघ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल टी–२० क्रिकेट लिगको ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । वीरगञ्जमा स्थानीय टिमबाट क्रिकेट खेल्दै आएका खेलाडी नितेश गुप्ता पक्राउ परेका हुन् ।

सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार उनले स्पट फिक्सिङका लागि प्रस्ताव राखेका थिए । गुप्ताको भूमिकामाथि थप अनुसन्धान भइरहेको एसएसपी आचार्यले बताए ।

गुप्ताको एकजना राष्ट्रिय टोलीका खेलाडीसँग राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा उनले राष्ट्रिय टोलीका क्रिकेटरलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

तर, ती सदस्यले उनको प्रस्ताव मानेका थिएनन् । बरू अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आइसिसी)को एन्टी करप्सन युनिट (एसियू)लाई रिपोर्ट गरेका थिए ।

स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना खेलाडीलाई पक्राउ गरिसकेको छ । उनीहरू पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आम हुन् । प्रहरीले यस लिगमा स्पट फिक्सिङ गराउनेमा १० जन संलग्न रहेको जनाएको थियो । उनहरूमध्ये ४ जना नेपाली र ६ जना विदेशी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...