धरानमा ग्यास सिलिन्डर बिस्फोट हुँदा ८ जना घाइते

118

धरान, ८ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–१७ मा ग्यास चुहावट भएर आगलागी हुँदै ८ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको धरान प्रहरीले जनाएको छ ।

धरान–१७ स्थित सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर बिस्फोट भएको धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले जनाएको छ ।

कोसी ग्यासको सिलिन्डर घरमा ल्याएर जोड्ने क्रममा दिउँसो चुहावट भएको थियो । ग्यास लिक भएपछि मानिसहरू बोलाएर मर्मत गर्ने क्रममा ग्यास सिलिन्डर बिस्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर श्रेष्ठले जानकारी दिए ।

घाइते हुनेहरूमा घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय सांकेत राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान–११ बस्ने १९ वर्षीय अनिश कार्की र सिरहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन् ।

घाइते सबैको उघार गरी अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरको छ ।

Share This:
सम्बन्धित खबर
Loading...