एमालेकै उम्मेदवार राष्ट्रपति बन्छ : ओली

136

मोरङ, ७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हाम्रो पार्टीले नै बनाएको उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीको क्रममा उनले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे ।

एमालेले राष्ट्रपतिको लागि मनोनयन दर्ता गर्ने दिन नै नाम सार्वजनिक गर्ने भन्दै ओलीले भने, “अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले गठबन्धन रहिरहन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै चिन्ता र आत्तिनु पर्ने स्थिति नरहेको स्पष्ट पार्दै भने, “हाम्रो देश समृद्ध नेपाल र सुखी नेपाली बन्छ ।”

पूर्वराजा ज्ञानेन्द्र साहले राजनीतिक दलहरूसँग सहकार्य गर्न तयार रहेको छु भन्ने अभिव्यक्तिप्रति उनले भने, “पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा पर्नु भएको छ ।

एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा (माओवादी केन्द्र)को पनि साथ र समर्थन रहने उनले बताए । “नेकपा (एमाले) उम्मेदवारलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीले पनि साथ र समर्थन गर्छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...