नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा

23

कैलाली, ७ फागुन । कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी आज रिहा भएका छन् ।

उनी प्रजातन्त्र दिवसका अवसरमा कैद माफीसहित रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका उपलक्ष्यमा ३९५ कैदीको सजाय माफी दिएकी थिइन् । चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

विसं २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र आठ लाख १८ हजार ४२३ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...