प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

62

विराटनगर, २९ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको  प्रदेशसभा बैठकमा भएको मतदानमा कार्कीले ५९ मतसहित विश्वासको मत प्राप्त गरेका हुन् भने उनको विपक्षमा भने ३२ मत रहेको छ ।

कार्की गत २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा (एमाले) संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूले गरे पछि उनलाई ५९ मत प्राप्त भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...