दोलखामा फेरि एमालेका शिवाकोटी ३० मतले अगाडि

49

काठमाडौँ, १९ मंसिर । प्रतिनिधिसभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की र नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।

आइतबार बिहानसम्म शिवाकोटीले अग्रता लिएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिएका थिए । आज बिहान फेरि एमालेका शिवकोटीले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शिवकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९ मत आएको छ । एमालेका शिवाकोटी ३० मतले अगाडि छन् ।

Share This:
सम्बन्धित खबर
Loading...