काठमाडौँ, १७ मंसिर । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।
हालसम्म २२ हजार ९६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी)का उम्मेदवार गंगा कार्कीले १० हजार ७३७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ९ हजार ४७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिृकत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखा प्रदेशसभा (क)मा १९ हजार ३६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ९ हजार ३६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ७ हजार ९०१ मत ल्याएका छन् ।
प्रदेशसभा (ख)मा २४ हजार ४१० मतगणना हुँदा कांग्रेसका वर्मा लामाले १० हजार ४७२ र एमालेका भरत केसीले ९ हजार ८०३ मत ल्याएका छन् । दोलखामा कुल ८८ हजार ३८८ मत खसेको थियो ।