सुनसरी ४ मा कुसियैतलाई पछि पार्दै फेरि कार्कीको अग्रता

41

काठमाडौँ, १५ मंसिर । सुनसरी क्षेत्र नम्बर ४ मा फेरि नेपाली कांग्रेसले अग्रता लिएको छ । मतगणना अन्तिमतिर आइपुग्दा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ मतले अघि बढेका हुन् ।

पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १०५ मत ल्याउँदा मन्त्री कार्कीले ३० हजार १२० मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १६८, राप्रपाका विद्यानन्द यादवले ३ हजार १२७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...