चितवन २ मा पोखरेललाई पछि पार्दै रवि लामिछानेले लिए अग्रता

193

काठमाडौँ, ६ मंसिर । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् ।

मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४ हजार ७ मत पाएका छन् ।

नेकपा (एमाले)का कृष्णभक्त पोखरेल ३ हजार ८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...