धनकुटामा एमालेका राजेन्द्र राईको सुरुवाती अग्रता

214

धनकुटा, ५ मंसिर । धनकुटामा नेकपा (एमाले) को सुरुवाती अग्रता देखिएको छ । केहिबेर अघिदेखि मात्र मतगणता सुरु भएको धनकुटामा पहिलो चरणको मतपरिणाम सार्वजनिक गरिँदासम्म एमालेका राजेन्द्रकुमार राई ४६२ मतसहित पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनीलबहादुर थापाको ४३१ मत रहको छ ।

त्यस्तै, तेस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले २४ मत प्राप्त गरेका छन् ।

धनकुटा १ (१) प्रदेशसभातर्फ पनि नेकपा (एमाले) को सुरुवाती अग्रता देखिएको छ । एमालेका प्रदेशसभा उम्मेदवार निरन राईले ४६० मत पाउँदा नेकपा (एकीकृत समाजवादी) अर्जुन राईले ३२३ मत पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...