झापा ५ मा एमाले अध्यक्ष ओली दोब्बर मतान्तरले अघि

148

झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुरूमै दोब्बरभन्दा बढी मतको अग्रता बनाएका छन् ।

६ हजार मतगणना भइसक्दा ओलीले ३ हजार २१२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका सत्ता गठन्धनबाट नेपाली कांग्रेसमा खगेन्द्र अधिकारीले १ हजार ५२३ मत ल्याएका छन् ।

ओली उम्मेदवार रहेको झापा–५ मा सोमबार मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...