धनकुटाको बेलहारामा शंकास्पद वस्तु फेला

33

धनकुटा, ५ मंसिर । धनकुटा नगरपालिका–९ बेलहारामा शंकास्पद वस्तु फेला परेको छ । बलहारामा रहेको प्रहरी चौकीभन्दा झन्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो ।

डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता कायम गरी अनुसन्धान सुरू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइरहेको जानकारी दिए ।

शंकास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने यकिन नभएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...