ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरू

82

काठमाडौँ, ५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरू भएको छ ।

दमक नगरपालिका कार्यालयमा मतगणना सुरू भएको हो । तीन दिनभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गर्ने जिल्ला निर्वाचन आयोगले तयारी गरेको छ ।

यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ ।

झापा–५ मा एमालेका अध्यक्ष ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...