मनिषा कोइराला लक्षित बाबुरामको टिप्पणी– गणतन्त्र उल्टिँदैन, समय बर्बाद नगरौँ

78

काठमाडौँ, २६ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बगेको खोला फर्किँदैन भन्दै राजतन्त्र फेरि नआउने बताएका छन् ।

सामाजिक सञ्जालमा शनिबार बिहान टिप्पणी गर्दै डा.भट्टराईले जतिसुकै ठुलो सेलिब्रेटीको मुखारबिन्दबाट निस्के पनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका हुन् ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाको सम्बोधनतर्फ लक्षित गर्दै डा.भट्टराईले जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताउँदै यस्ता उडन्ते कुरालाई महत्व नदिन, समय र शक्ति बर्बाद नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्,“बगेको खोलो फर्कँदैन ! ठुलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ । प्रकृति र समाज विकासको शाश्वत नियम यहि हो । अतः जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्के पनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन । यस्ता उडन्ते कुरालाई महत्व नदिऊँ । समय र शक्ति बर्बाद नगरौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...