कांग्रेसले गर्‍यो अमरेशसहित ७६ जनालाई कारबाही [सूचीसहित]

78

काठमाडौँ, २२ कात्तिक । नेपाली कांग्रेसले पार्टीका ७६ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्तो उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कारबाही गरिएको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि ती नेता कार्यकर्तालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । ती नेता कार्यकर्तालाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको छ ।

बागी, निजका प्रस्तावक एवम् समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाइने पार्टीले जनाएको छ । त्यस्ता नेता, कार्यकर्ताको सूचना तत्काल केन्द्रीय अनुशासन समितिमा पठाइदिनसमेत निर्देश गरिएको संयोजक ढुंगानाले बताए ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा निवर्तमान सांसद अमरेशकुमार सिंह, चितवनमा बागी दिएका केन्द्रीय सदस्य दिनेश कोइराला, गोकर्णेश्वर नगरपालिकाका नगर सभापति श्रीकृष्ण जोशी र काठमाडौँ–३ का दीपेन्द्र लामालगायत ७६ जनालाई कारबाही गरिएको उल्लेख छ ।

No photo description available.

May be an image of text

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...