काठमाडौँ, १९ कात्तिक । नेपाली कांग्रेसले माओवादीसँग गठबन्धन गरेर असल कांग्रेसका कार्यकर्ता, सुभचिन्तक तथा आममतादाताको मनोभावनामा ठेस पुर्याएको राप्रपा नेतृ कुन्तीदेवी पोख्रेलले बताएकी छन् ।
काठमाडौँ २ मा भइरेहेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले यस्तो बताएकी हुन् । काठमाडौँ–२ का मतदातासँग भेटघाट तथा भलाकुसारी कार्यक्रममा ‘रुख’चिन्हमा मतदान गरिरहेका मतदाताले सिद्धान्त नमिल्ने पार्टीसँग गठबन्धन गरेर माओवादीलाई भोट हाल्न लगाइनु आफैँमा दुःखद् भएको बताइन् ।
उनले नेपाली कांग्रेस क्षेत्र नम्बर २ का कार्यकर्ता तथा मतदाताहरुलाई उनीहरूको सिद्धान्तसँग नजिक रहेको राप्रपाको ‘हलो’ चिन्हमा भोट हाल्न आह्वान गरेकी छन् । उनले देशको राष्ट्रियता, सार्वभौमिकताको रक्षा, देशको सर्वांगीण विकासका लागि राप्रपाको हलो चिन्हमा मतदान गर्नु पर्ने बताइन् ।
आफ्नो सिद्धान्त एकातिर चिन्ह एकातिर भोट अर्कैतिर हुने अनि कार्यकर्ताले चित्त दुखाउने हुन्छ ? उनले प्रतिप्रश्न गरिन् । माओवादीसँग गठबन्धन गरेपछि कांग्रेसका कतिपय जिल्लाहरुमा विद्रोहसमेत भएको थियो ।