एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

104

झापा, २३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्न उनी शनिबार नै झापा आइपुगेका थिए ।

झापा क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालका अनुसार संघीय संसद्का लागि अध्यक्ष ओलीको मनोनयन दर्तामा उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओली र प्रस्तावकमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाल छन् ।

यस्तै, समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्की रहेका छन् । उनीसँगै एमालेबाट क्षेत्र नम्बर ५ प्रदेश (क) मा हिक्मतकुमार कार्की र प्रदेश (ख) मा होमबहादुर थापालेसमेत उम्मेदवारी दर्ता गराएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...