मेरो चुनाव खर्च नै २ लाख थिएन, साढे ५ लाख जरिबाना लुट हो : हर्क साम्पाङ

621

काठमाडौँ, ५ असोज । निर्वाचन आयोगले ढिला गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिबाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् ।

उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५ लाख ५० हजार रूपैयाँ जरिबाना लिनु लुट भएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।

“दुई दिन ढिलो गरी खर्च विवरण पेस गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिबाना गर्नु भनेको लुट्नु हो । मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिबाना चाहिँ त्यति धेरै,” उनले लेखेका छन् ।

आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले गरेको खर्चको विवरण नबुझाएकोमा जरिबाना तोको छ । यसमा महानगरपालिकाका मेयरलाई साढे सात लाख रूपैयाँ र उपमहानगरपालिकालाई साढे पाँच लाख रूपैयाँको कारबाही गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...