झापा–५ बाट केपी ओली सर्वसम्मत सिफारिस

140

झापा, २० भदौ । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...