प्रतिनिधिसभामा एकीकृत समाजवादी सङ्खुवासभाबाट ३ जनाको नाम सिफारिस

141

खाँदबारी, १९ भदौ । नेकपा (एकीकृत समाजवादी) सङ्खुवासभाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ ।

पार्टी जिल्ला कमिटी बैठकले सङ्खुवासभाका एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको एकीकृत समाजवादी सङ्खुवासभाका अध्यक्ष मानसिङ पोख्रेलले बताए ।

उनका अनुसार प्रतिनिधिसभामा जिल्ला अध्यक्ष पोख्रेल, डा.गुप्तबहादुर श्रेष्ठ र हेमराज घिमिरेलाई सिफारिस गरेको छ । यस्तै, प्रदेशसभा ‘क’ बाट उपेन्द्र राई, दुर्गा राई, राजकुमार घिमिरे र बद्री सापकोटा गरी ४ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् भने समानुपातिकतर्फ राजेन्द्र लिम्बू, लक्ष्मी ढुंगाना, डेगेश्वरी श्रेष्ठ, केशर महते र गंगा गुरूङको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा ‘ख’मा उमेशकुमार डाँडी, ऋषिकेशव चापागाईं, छत्रबहादुर न्यौपाने, पदमकुमारी गुरूङ, सरिता खड्का र सुलाक्षणा शाक्य छन् ।

Share This:
सम्बन्धित खबर
Loading...