ओलीले भने– प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने

150

इलाम, ३ भदौ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल आफ्ना लागि होइन कांग्रेसका लागि काम गरिरहेको बताएका छन् ।

इलामको चुलाचुलीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव नेपाल र प्रचण्ड कांग्रेसको चुच्छर भएकाले उसले जता हल्लायो उतै हलिन्छन् ।

‘मदन भण्डारी राजमार्ग मेरो सोचले बनाएको हो, उनले भने, ‘चुलाचुलीमा जुन ठाउँमा लगिएको छ, अन्त जाँदैन । अहिले जुन ठाउँबाट लगिएको छ त्यहीबाट जान्छ ।’

अध्यक्ष ओलीले यसको जस एमालेले लिनुपर्ने बताए । दमकबाट चुलाचुली जोड्ने रतुवाको पुल नहुँदा बर्खामा उपचार नपाएर केयौँ मानिस मर्ने गरेको बताउँदै उनले आफ्नो पहिलो कार्यकालमा शिलान्यास गरेर दोस्रो कार्यकाल उद्घाटन गरेको बताए ।

इलामको चुलाचुलीमा विभिन्न पार्टी परित्याग गरी १ हजार १३५ जना एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई एमाले अध्यक्ष ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टीमा प्रवेश गराए ।

Share This:
सम्बन्धित खबर
Loading...