नुवाकोटको बेल्कोटगढी केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प
काठमाडौँ, २१ साउन । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकालगायत विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै, साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ४.७ म्यग्निच्युडको भूकम्प गएको थियो ।
विज्ञहरूका अनुसार २०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरहने केन्द्रले जनएको छ ।